काठमाडौं-नेकपा एमालेनिकट अनेरास्ववियुले मतदाता सूचिमा नाम दर्ता गराउन सवै कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेको छ।
अनेरास्ववियुका महासचिव दीपक धामीले आज विशेष सर्कुलर जारी गर्दै निर्वाचन आयोगले आगामी फागुन २१ गतेलाई निर्वाचन मिति तोकेकाले मतदाता मतदाता सूचीमा नाम दर्ता उमेर पुगेका कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेका छन्।
‘निर्वाचन आयोगले २०८२ फागुन २१ गतेलाई निर्वाचन मिति तोकेको र फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने निर्णय भएको हुँदा मतदाता सूचीमा नाम दर्ता वा अद्यावधिक गर्न बाँकी सम्पूर्ण कमरेडहरूले निर्वाचन आयोगले तोकेको प्रक्रियाअनुसार मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरिन्छ,” महासचिव धामीले जारी गरेको विशेष सर्कुलरमा उल्लेख गरिएको छ।
उनले मातहतका कमिटीहरुलाई मतदाता नामावलीमा समावेश हुन बाँकी सवै साथीलाई सम्बन्धित निकायको दर्ता प्रक्रियामा सहजिकरण गर्नहुन अनुरोध समेत गरेका छन्।
उहाँले निर्वाचित सरकारको अनुपस्थितिका बीच सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासन जस्ता संवैधानिक मूल्यहरूमा चुनौतीपूर्ण अवस्था व्यहोर्नु परिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि अनेरास्ववियुको सवै पंक्ति अझ संगठित, र एकताबद्ध भई राष्ट्रहितमा सक्रिय रहनुपर्ने आवश्यकता रहेको बताएका छन्।







प्रतिक्रिया