अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक  

जेनजी आन्दोलनमा भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक  


काठमाडौं-२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ।

गृह मन्त्रालय (मन्त्रीस्तर) को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन यो कदम चालिएको हो। आन्दोलनपछि हालसम्म ९,००८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् ।

विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।