अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: मुख्यमन्त्री कँडेल

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै कुनै पनि राजनीतिक दल सुरक्षित रहन सक्ने बताउनुभएको छ।

असोज २७ गते सोमवार सुर्खेतमा आयोजित नेकपा एमाले जिल्ला सचिवालयको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘हरेक जनताको घर–घरमा पुगौं, जनतालाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔं। जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन।’

मुख्यमन्त्री कँडेलले अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोवलका साथ सक्रिय हुन निर्देशन दिनुभयो। इतिहासमै पहिलो पटक राजनीतिक असुरक्षाको स्थिति सिर्जना भएको छ, त्यसैले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन आवश्यक रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन्। प्रत्येक गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्‍याऔं।’

मुख्यमन्त्री कँडेलले अबको राजनीतिक यात्रा सजिलो नभएको पनि बताउनुभयो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘राजनीतिक चेतना कमजोर भयो भने पलायन र निराशा बढ्छ। त्यसैले सबै कार्यकर्ता सचेत बनाऔं।’

मुख्यमन्त्री कँडेलले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेका दाबी गर्दै त्यसलाई जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताउनुभयो।जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: मुख्यमन्त्री कँडेल

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै कुनै पनि राजनीतिक दल सुरक्षित रहन सक्ने बताउनुभएको छ।

असोज २७ गते सोमवार सुर्खेतमा आयोजित नेकपा एमाले जिल्ला सचिवालयको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘हरेक जनताको घर–घरमा पुगौं, जनतालाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔं। जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन।’

मुख्यमन्त्री कँडेलले अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोवलका साथ सक्रिय हुन निर्देशन दिनुभयो। इतिहासमै पहिलो पटक राजनीतिक असुरक्षाको स्थिति सिर्जना भएको छ, त्यसैले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन आवश्यक रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन्। प्रत्येक गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्‍याऔं।’

मुख्यमन्त्री कँडेलले अबको राजनीतिक यात्रा सजिलो नभएको पनि बताउनुभयो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘राजनीतिक चेतना कमजोर भयो भने पलायन र निराशा बढ्छ। त्यसैले सबै कार्यकर्ता सचेत बनाऔं।’

मुख्यमन्त्री कँडेलले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेका दाबी गर्दै त्यसलाई जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताउनुभयो।