काठमाडौं – उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ।
यस क्रममा आज उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।
‘
९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर रहेको उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातार घट्दै असोज २३ मा १७.४, असोज २४ मा १५.६, असोज २५ मा १४.५, असोज २६ मा १३.३, असोज २७ मा १३ डिग्री सेल्सियसमा झरेको थियो।
त्यसबाट पनि घटेर आज असोज २८ गते १२.५ डिग्री सेल्सियसमा ओर्लिएको महाशाखाले जनाएको छ ।







प्रतिक्रिया