अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वतन्त्र जेनजी समुहको विज्ञप्ती : जेनजीका नाममा अन्तराष्ट्रिय शक्ति सल्बलाए,सरकार दुताबासले चलायो

स्वतन्त्र जेनजी समुहको विज्ञप्ती : जेनजीका नाममा अन्तराष्ट्रिय शक्ति सल्बलाए,सरकार दुताबासले चलायो



काठमाडौं- जेनजी अभियान्ताका नाममा दुताबास र आइनजिओबाट परिचालित सुदन गुरुङ्गले आन्दोलनलाई बद्नाम गराएको भन्दै स्वतन्त्र जेन जी समुहले आपत्ती जनाएको छ । उक्त समुहले आगामी कात्तिक १५ गते देखि सरकारको रबैया र विदेशी हस्तक्षेप विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
स्वतन्त्र जेनजी समुहले देश जेन जी उमेर समुहको मात्र नभइ सम्पूर्ण नेपालीको भएकोले निर्वाचनको वातावरण बनाउन जेन जीले सहयोग गर्नुपर्ने यो समुहको माग छ । समुहले जारी गरेको विज्ञप्तीमा देशको आजको आवश्यकता निर्वाचन र भोलीको आवश्यकता संविधान संसोधन रहेको जनाइएको छ । स्वतन्त्र जेनजी समुह ७५३ वटै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको समुह भएको प्रष्टिकरण दिंदै यो समुहले दुताबास र विभिन्न एनजिओ वा आएनजिओ,अदृष्य शक्तिबाट परिचालित समुहलाई निषेध गरी सफा हात र शुद्ध मन लिएर आएका सम्पूर्ण जेनजीहरुलाई एकताबद्ध हुन पनि आग्रह गरिएको छ ।
विज्ञप्तीमा सरकारले भदौ २३ गतेका नरसंहारका दोषी,२४ गते सिंहदरबार,अदालत लगायतका महत्वपूर्ण निकायमा गरिएका आगजनीका दोषी,कैदी भगाउने दोषीहरुलाई हालसम्म कारबाही सुरु नगरेकोमा सरकारको आलोचना गरिएको छ । समुहले यी घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।
पानी बाँड्ने भूमिकामा रहेका सुदन गुरुङ्गले संविधान फाल्ने,मन्त्री छान्ने जस्तो काम गरिरहेकोमा विज्ञप्तीमा कडा आपत्ती जनाइएको छ । ३८ वर्षका गुरुङ्गका कारण आन्दोलन बदनाम भएको,देशको भौगोलिकता,राष्ट्रिय अखण्डतामा आँच पुगेको आरोप विज्ञप्तीमा आरोप लगाइएको छ । नेपाललाई रणभूमी बनाउने विदेशी शक्तिको योजना रहेको र सरकार दुताबासले चलाइरहेको स्वतन्त्र जेनजीको आरोप छ । ‘देशमा एनजिओ,आइएनजिओका आँखा लागेको छ । सरकार दुताबासले चलाइरहेको छ’ विज्ञप्तीमा भनिएको छ ‘देश गम्भिर मोडमा पुगेको छ । जेन जीका नाममा अन्तराष्ट्रिय शक्तिहरु सक्रिय भएका छन् । यसका विरुद्ध स्वतन्त्र जेनजी समुहले कात्तिक १५ गते आन्दोलनको घोषणा गरेको छ । ’