अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ: मुख्यमन्त्री सिंह

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ: मुख्यमन्त्री सिंह


 जनकपुरधाम-मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने बताउनुभएकाे छ।

पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उहाँले यस्तो बताउनुभएको हाे। उहाँले पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिएको र मलाई सरबारबाट फिर्ता बोलाएको एउटा पत्र  सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो। त्यो पत्र मेरोविरूद्ध प्रचञ्‍च गर्ने भाष्यको अध्याय थियो। ‘