काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरे पनि वातावरण बन्न नसकेको बताउनुभएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गर्नुभयो।
सभापति देउवाले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताउनु भएको हो।

‘नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका सुरक्षा निकाय शान्ति सुरक्षाको घेराबन्दीमा छैन, सुरक्षा निकाय मौन र निरीह भएका छन्,’ सभापति देउवाले भन्नुभयो।
सभापति देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था बढाइ दलहरुमा हौसला सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्वाचनका लागि शान्ती सुरक्षाको व्यवस्था बढाउन शान्तीपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनी सबैले स्वतस्र्फुत निर्वाचनका भाग लिन हौसला सिजर्ना हुन्छ भन्ने कुरामा यसतर्फ सरकारको ध्यान जाओस।’
सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेमा देशले ठुलो संवैधानिक फड्को मार्ने उहाँले बताउनुभयो। सभापति देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका हुन्। सम्बोधनका क्रममा पार्टीको विशेष वा नियमित महाधिवेशनको प्रसंग भने उठाएनन् । सो क्रममा पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छा अनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताउनुभयो ।
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला सभापति देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा छ।








प्रतिक्रिया