अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले संसद् विघटनबारे भोलि राजनीतिक दलसँग छलफल गर्नुहुने

सभामुखले संसद् विघटनबारे भोलि राजनीतिक दलसँग छलफल गर्नुहुने


काठमाडौँ-सभामुख देवराज घिमिरेले संसद् विघटनबारे छलफल गर्नको लागि दलहरूलाई बोलाउनुभएको छ। संसद् विघटन विषयमा छलफल गर्न सभामुख घिमिरेले भोलि (बुधबार) बिहान ९ बजे दलहरूलाई बोलाउनुभएको हाे।

छलफलका लागि सभामुखले पाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बाेलाउनु भएको छ। छलफलमा विघटित संसद्का प्रमुख सचेतक सहभागी हुनेछन्।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परेको छ। संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि अब कसरी अगाडि बढ्ने भन्ने कुरामा दलहरुसँग धारणा बनाउनका लागि उहाँले बैठक बोलाएको बताइएको छ।

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ। भोलि (बुधबार) दलहरुसँग छलफल गर्न लागेका सभामुख घिमिरेले बिहीबार कानून व्यवसायीहरुसँग छलफल गर्नेछन्।