अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको दशौं बैठक [तस्वीरहरू]

एमाले केन्द्रीय कमिटीको दशौं बैठक [तस्वीरहरू]


काठमाडौं-नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा बैठक तीन दिनसम्म चल्ने बैठक जारी छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रष्तुत गर्नुहुनेछ। प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषयमा समेटिने छन्। यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको,सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको बिषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।

गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।

अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।