काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताउनु भएको छ। असाेज २९ गते बुधवार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई प्रतिक्रान्तितिर लैजानबाट रोक्नुपर्ने बताउनु भएको हाे।
अध्यक्ष ओली भन्नभयाे, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ।’

अध्यक्ष ओली जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताउनुभयाे । ‘हामी प्रहारको बढी निशानामा परेका छौ’, अध्यक्ष ओली भन्नुभयाे, ‘किन निशाना परेका छौँ ? हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’
अध्यक्ष ओली नेपाली कम्युनिस्ट आन्दोलन र नेकपा एमाले भन्दा के बुझ्छौ भन्दै एमाले स्थापनाकालदेखि कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको बताउनुभयाे।









प्रतिक्रिया