ललितपुर-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले चुनाव गर्ने पक्षमा नरहेको बताउनुभएको छ।
आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकार नै चुनाव गराउने बाटोमा नरहेको बताउनुभएको हो।
अध्यक्ष ओलीले फागुन २१ मा घोषणा भएको निर्वाचन पनि नहुने बताउनु भयो। वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष ओलीले भन्नभयाे, ‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ। चुनाव हुनेवाला छैन। सरकार चुनाव गराउने बाटोमा छैन। यो अवैध सरकार हो।’
अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीशले के गर्न हुन्छ, के गुर्न हुँदैन भन्ने संविधानमा नै उल्लेख रहेको बताउनुभयाे। अध्यक्ष ओलीले भन्नभयो, ‘असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैंले संसद् विघटन गर्नुभयो। त्यसले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो।’







प्रतिक्रिया