काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गर्नुभएकाे छ।
आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओली आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताउनुभयाे।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ अध्यक्ष ओली भन्नभयाे,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।’
आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै अध्यक्ष ओलीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गर्नुभयाे।
असोज २४ र २६ गते बसेको सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। यही केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्नेछ।
बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।







प्रतिक्रिया