काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै ओलीले संसद अलोकतान्त्रिक ढंगले विघटन गर्ने काम भएको समेत उल्लेख गर्नुभएकाे छ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ। यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकाय विहीन अवस्थामा पुऱ्याएको छ र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको छ। यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ। हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ’ मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्तावमा भनिएको छ।







प्रतिक्रिया