अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटी बैठक

एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न अध्यक्ष ओलीको प्रस्ताव

एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न अध्यक्ष ओलीको प्रस्ताव


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा  ११ औं  महाधिवेशन गर्न प्रस्ताव गर्नुभएकाे छ।

पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नुभएकाे हाे ।

असोज २४ र २६ गते बसेको सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो।

अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ। अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ।