अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २४ मा देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भयो: अध्यक्ष ओली

भदौ २४ मा देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भयो: अध्यक्ष ओली


 काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २४ गते देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भएको बताउनु भएको छ।

ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले भदौ २४ मा मुलुकलाई ध्वस्त पार्न नियोजित षड्यन्त्र गरिएको दाबी गर्नुभएको हाे ।

अध्यक्ष ओलीले भन्नभयाे, ‘भदौ २४ गते देशलाई विध्वंशको विनाशलिलामा डुबाइयो। १६ सयभन्दा बढी संरचनाहरू आगजनी, तोडफोड र लुटपाट गरेर ध्वस्त पारियो । शान्ति सुरक्षाको क्रममा खटिएका प्रहरीको क्रुरता र बर्बरतापूर्वक हत्या गरियो । १२ सयभन्दा बढी हतियार, झन्डै एक लाख थान गोलीगठ्ठालगायत लुटियो। जेल तोडेर १४ हजार भन्दा बढी कैदीबन्दीहरूलाई भगाइयो। यसरी केही घण्टाको अन्तरालमा देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भयो।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भएका घटनाहरू सरकार परिवर्तनका लागि मात्र नभई मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, संस्कृति र राष्ट्रिय एकतालाई ध्वस्त पार्ने सुनियोजित षड्यन्त्रका अंग भएको दाबी गर्नुभएको छ।