अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार जना पत्रकारलाई प्रेस काउन्सिलको आर्थिक सहयोग

चार जना पत्रकारलाई प्रेस काउन्सिलको आर्थिक सहयोग


काठमाडौं-प्रेस काउन्सिल नेपालले जेन्जी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

प्रेस काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेस डटकमका उमेश काकीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गर्नुभयो।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उहाँहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाउनु भएको थियो।
सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दङ्गाल भने अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएन।
यसैबिच काउन्सिलले समाचार सङ्कलनका क्रममा चितवनमा दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गरेको छ।