काठमाडौँ- संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए। १० वटा रिट पेस भएकामा ९ वटामात्रै दर्ता भएका हुन्।
रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता जारी रहेको जानकारी दिनुभयाे। अधिवक्ता डा. प्रेमराज सिलवाल, अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिट दर्ता भइसकेमा छन् ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो। मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।






प्रतिक्रिया