अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश

पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश


काठमाडौं-पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ। 

जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन्।

आज थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेकाे हाे। 

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाएको थियो। महरालाई यसअघि २०८० चैत ५ गते  पनि कागज गराएको थियो। 

सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी  लिएको थियो।