नेकपा एमालेको आजदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन्।
ललितपुरको भनिमण्डलमा जारी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका हुन् ।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३/३ मिनेटको समय दिइएको छ। एमाले केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार बिहान ८ बजेदेखि पुन: सुचारु हुनेछ।
एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्न दिइएकाे छ। एमालेमा अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो ।







प्रतिक्रिया