अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन (तस्वीरहरु)

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन (तस्वीरहरु)


काठमाडौं-नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित जावालाखेलमा दोस्रो दिन पनि जारी छ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहेको छ।

हिजो बुधबारबाट सुरु भएको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको जवाफ दिनेछन् ।