अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को अध्यक्ष को महासचिव हुने कुरा अब महाधिवेशन प्रतिनिधिको हातमा: मोहनमाया ढकाल

को अध्यक्ष को महासचिव हुने कुरा अब महाधिवेशन प्रतिनिधिको हातमा: मोहनमाया ढकाल


काठमाडौं-नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ।

बिहीवार बिहान ८ बजेबाट सुरु गर्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ। आजको बैठक साँझ ७ बजेसम्म सञ्चालन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

काठमाडौं नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधिका हातमा रहेको बताउनु भयो। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताउनुभयो।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको, विशेष अवस्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेकोले अहिले जथाभावी ढंगले नेतृत्वको मान मर्दन गर्ने,राजिनामा गराउने भन्ने कुरा उचित नभएको ढकालको भनाइ छ ।

‘पार्टीको ११ औं महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ। त्यसपछि पनि नेताहरु अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ’ ढकालले भन्नुभयो, ‘अब कसलाई अध्यक्ष बनाउने, कसरलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधीका हातमा पुगिसक्यो। महाधिवेशन अघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो।’

ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति,जेन जी आन्दोलन र यसका असर तथा भावी कार्यदिशाका बारेमा स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताउनुभयो।

नेता ढकालले भदौ २४ गतेको तोडफोड र आगजनीको पिडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनु पर्ने र पार्टीले अलग्गै आयोग बनाएर घटनामा संलग्नहरुको छानविन गर्नुपर्ने माग गर्नुभयो।

नेता ढकालले पार्टी भित्र एकमना एकता गराएर कार्यकर्ताको मनोबल बढाउने र एमालप्रति जनताको विश्वास जगाउने समय आएको बताउनुभयो। वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधीले सुन्नु पर्ने बताउनुभयो। ‘जनताको पहिलो तहको आक्रोस, निराशा र गुनासाहरु तपाईंहरुसम्म आइपुग्दैनन्’ उहाँले भन्नुभयो, ‘हामी तिनलाई त्यस्ता आक्रोस सबैभन्दा पहिला हामीसँग आउछन् । हामीले उनीहरुलाई सम्झाउने कोशीश गरिरहेका हुन्छौं। त्यसकारण जनताको आक्रोस र गुनासो के हो भन्ने कुरा पार्टीको नेतृत्वले बुझ्न जरुरी रहेको छ।’