काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समिति बैठकको एजेन्डा तय गरेको छ। बिहीबार बिहान पार्टी मुख्यालय ललितपुर, सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको हो। बैठक अहिले जारी छ।
बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ। डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
यस्ता छन् एजेन्डाहरू
१ जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा
२ पार्टीको १५औं महाधिवेशन तयारी सन्दर्भमा
३ प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सन्दर्भमा
४ तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न पार्टी कार्यालयहरू पुन:निर्माण सम्बन्धमा
५ मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुन: निर्माणका सम्बन्धमा
६ प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुन:निर्माण सम्बन्धमा
७ कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा।
८ विविध







प्रतिक्रिया