काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसियसनका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ।
सभामुख घिमिरेले बिहीबार संवैधानिक, राजनीतिक तथा व्यवहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो।
उहाँले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताउनुभयो ।
सभामुख घिमिरेले भन्नभयो, संसद् पुनर्स्थापना भयो भने वर्तमान जनादेशलाई निरन्तरता दिँदै तत्कालै जेनजी पुस्ताको माग तथा राजनीतिक, सामाजिक र सुशासनका एजेन्डाहरू संसद् र सरकारमार्फत संवैधानिक विधिबाटै सम्बोधन गर्न सकिने अवस्था सिर्जना हुन्छ । संविधानअनुसार नयाँ निर्वाचन सम्पन्न नगरेसम्म कार्यकारी र विधायिकाको पुनर्संरचना सम्भव हुँदैन। त्यसपछि मात्रै संविधान संशोधनको प्रक्रिया प्रारम्भ हुन सक्छ, यो दीर्घकालीन प्रक्रिया हो ।’
वर्तमान संसद् पुनर्स्थापना भई विधायिकाको अधिकार पुनर्स्थापित भए नीति सुधारका लागि आवश्यक संवैधानिक संशोधनका प्रस्तावहरू अघि बढाउन सकिने समेत उहाँले बताउनुभयो।






प्रतिक्रिया