अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताका भावना बुझौं,कार्यशैली परिवर्तन गरौं : दिपक कार्की

जनताका भावना बुझौं,कार्यशैली परिवर्तन गरौं : दिपक कार्की



काठमाडौ -नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले संकटका बेला नेतृत्व परिवर्तनको बहसले पार्टीलाई कमजोर बनाउने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै कार्कीले अहिलेको विषम परिस्थितीमा नेतृत्वको रक्षा गरेर जानुपर्नेमा छरपस्ट आलोचना गर्न थालिएपछि कार्यकर्ता र मतदातामा निराशा उत्पन्न भएको बताउनुभएको हो । ‘जेन जी आन्दोलनपछि केही नेताहरु नेतृत्व फेर्नु पर्दछ भनेर बोलिरहनु भएको छ ’ कार्कीले भन्नुभयो ‘यो नेतृत्व फेरौं भन्ने समय होइन बरु एकताबद्ध भएर परिस्थितीको सामना गरौं भन्ने समय हो ।’
नेतृत्व बदल्नका लागि महाधिवेशनको घोषणा भइसकेकोले त्यसको तयारी गर्न आकांक्षीहरुलाई उहाँले सुझाव दिनुभएको छ । कार्कीले जनताको अभिमतलाई सम्मान गर्दै पार्टीका आगामी कार्यदिशा तय गर्नुपर्ने बताउनुभएको छ । ‘जनतामा निराशा छ । त्यो निराशा चिर्ने जिम्मा पनि एमालेकै काँधमा छ’ कार्कीले भन्नुभयो ‘त्यसैले जनताका कुरा सुनौं । उनीहरुका भावना बुझौं र हाम्रा कार्यशैली त्यसै अनुसार परिवर्तन गरौं ।’