अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनदिन देखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै

तीनदिन देखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै



काठमाडौं- नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्ना धारणा राखेर सकिने छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । आफ्ना धारणा राख्न काँकी करिब ५० जना केन्द्रीय सदस्य छन् । आजको बैठकमा पोलिटव्यूरो,स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् । ‘बोल्न बाँकी नेताहरुलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भन्नुभयो ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’
बैठकमा प्रष्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिती,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरुको भूमिका आदिका बारेमा विशेष निर्देशन दिनुहुने गौतमले जानकारी दिनुभयो ।
ललितपुरको भनी मण्डल स्थित रामबाघ महलमा तीन दिन अघि देखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेन जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।
आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले समसामयिक प्रस्तावहरु पनि प्रष्तुत गर्नुहुने हुनेछ ।