काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य कृपाराम रानाले भदौ २३ गतेको जेन जी आन्दोलन र २४ गतेको विध्वंसको सुचना किन सरकारले किन पाएन भनेर प्रश्न गर्नु भएको छ ।
केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्ने क्रममा रानाले यस्तो सुचना प्रधानमन्त्रीसम्म सुरक्षा निकायले किन पुर्याएन भनेर उहाँले सोध्नु भएको छ । रानाले राज्य संयन्त्र फेल भएर हो कि विदेशीको प्रभावमा परेर यस प्रकारको घटना भएको हो भनेर स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ ।
रानाले संघीय लोकतन्त्रात्रिक गणतन्त्रको रक्षा र संविधानको रक्षाका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको बताउनुभएको छ । रानाले कसैले पार्टी पुनर्गठन वा कसैले अध्यक्षको राजिनमा भनिरहँदा एक महिना अघि भएको विधान महाधिवेशनका निर्णयलाई स्मरण गर्न पनि आग्रह गर्नु भएको छ । उहाँले विधान महाधिवेशनले गरेका निर्णय कार्यान्वयन नगर्दै नयाँ नयाँ तर्क झिक्नु जायज नभएको उहाँको भनाइ छ । उहाँले चौतर्फी चुनौति र संगिन समयमा नेतृत्वलाई रक्षा गर्नुपर्नेमा अनेक बहानामा अनेक तर्क झिक्नु आफैंमा न्यायिक नभएको उहाँको भनाइ छ । रानाले पार्टीका नेता कार्यकर्ताहरुमा मनोबल बढाएर जनतामा जानु पर्ने जसले गर्दा मात्र विजयी हासिल गर्न सकिने बताउनुभएको छ ।







प्रतिक्रिया