अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको आन्दोलनमा मलजल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई बिदा गर्नुपर्छ: महेश बस्नेत

जेनजीको आन्दोलनमा मलजल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई बिदा गर्नुपर्छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले पार्टीविरूद्व लाग्नेलाई बिदा गर्नुपर्ने बताउनुभएको छ।

पार्टीको जारी केन्द्रीय कमिटी १० औं बैठकमा बोल्दै नेता बस्नेत जेनजी आदोनलनलाई मलजल गर्ने र पार्टीविरूद्व लाग्नेलाई पार्टीबाटै बिदा गर्नुपर्ने बताउनु भएको हो।

नेता बस्नेत भन्नुभयो, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ।’

नेता बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताउनुभयो।

अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताउनुभयो।

नेता बस्नेत भन्नुभयो, ‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ। विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तद्र्वन्द्व बढाउन नलागौँ।’

केपी ओलीको विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा रहेको टिप्पणी गर्नुभयो।उहाँले भन्नुभयो, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ।’

असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयाे ।