अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन शाह र सुदन गुरुङविरूद्ध तनहुँमा जाहेरी

बालेन शाह र सुदन गुरुङविरूद्ध तनहुँमा जाहेरी


तनहुँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको छ। 

नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ र जनसंगठनका नेता-कार्यकर्ता जुलुससहित प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएका हुन्।

जेन-जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साएको मेयर शाह र सुदन गुरुङमाथि आरोप छ।

भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटसजस्ता प्रमाण उनीहरुले बुझाएका छन्।