काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक जारी छ। ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले पार्टी आ-आफ्नो धारणा राख्ने क्रम सकिएको छ।
बैठकमा राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले आ-आफ्नो धारणा राख्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्य र केन्द्रीय निकायका अध्यक्षले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारीे र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ।
स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने उहाँले बताउनुभयो। स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्य हुनुुहुन्छ। यही असोज २९ गतेदेखि जारी रहेको बैठक आज सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।







प्रतिक्रिया