काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक-पटक थुन्ने प्रयास गरेको बताउनुभएको छ।
दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
‘यो सरकारले मलाई पटक-पटक थुन्ने प्रयास गरिरहेको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन्।’
अध्यक्ष ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको आराेप लगाउनुभयाे। ‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ’, अध्यक्ष ओलीले भन्नुभयो,’ ‘जेजनीले यो माग गरेका छैनन्। तर सरकारमा भएकाहरू जेनजीको माग भनेर दाबी गरिरहेका छन्। जेनजीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्।’







प्रतिक्रिया