अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जवाफ: माइती बनेर नआउनू

विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जवाफ: माइती बनेर नआउनू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न आग्रह गर्नुभएको छ।

दसौँ  केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो जवाफ दिनुभएको हो। अध्यक्ष ओलीले भन्नुभयो, ‘कोही पनि विद्यादेवी भण्डारीकाे माइती बनेर आउनु पर्दैन। म विद्या भण्डारीलाई राम्ररी चिन्छु।’

पूर्वराष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनुपर्ने अध्यक्ष ओलीको जवाफ थियो।

केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न माग गरेका थिए।