अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रष्टीकरण: ‘मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ’

अध्यक्ष ओलीको प्रष्टीकरण: ‘मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पार्नुभएको छ।

असोज २९ गते बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे। अध्यक्ष ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि बताउनुभयो।

‘केही साथीले मेराे राजीनामा माग्नु भएको छ। मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ। त्यो पूरा नगरी राजीनामा दिन्नँ।’

अध्यक्ष ओलीले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला। प्रतिनिधिहरूसँग फैसला मागौँला। पार्टीलाई तिक्तताका साथ अघि नबढाऔँ। मित्रताका साथ जाऔँ।’