अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ- मुग्लिन सडकको गाईघाटमा सातवटा गाडी एकआपसमा ठोक्किए

नारायणगढ- मुग्लिन सडकको गाईघाटमा सातवटा गाडी एकआपसमा ठोक्किए


काठमाडौँ – मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।

बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।