अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्नुहुँदै

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्नुहुँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गर्नुहुने भएको छ।

जेनजी आन्दोलनपछि अध्यक्ष ओलीले पहिलोपटक पत्रकारहरुसँग आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे हाे।

अध्यक्ष ओलीले आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेका उहाँको सचिवालयले जानकारी दिएको छ।

यसअघि उहाँको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो। एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।

(*यसअघि समाचारमा पत्रकार भेटघाट कार्यक्रम ललितपुरको रामबाग महलमा हुने उल्लेख भएकाले सच्याइएको छ । सं.)