अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो, कतिमा भइरहेको छ कारोबार ? 


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।  

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो ।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।