अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोहन वैद्यले महासचिवबाट दिनुभयो राजीनामा  

मोहन वैद्यले महासचिवबाट दिनुभयो राजीनामा  


काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिनुभएको छ।  शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको एक नेताले जानकारी दिनुभयो।

स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको ती नेताको भनाइ छ। नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ।

वैद्य गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त हुनुभएको थियो।  लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए। 

किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए।  किरणको आगामी भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक रूपमा रहनेछन्।

त्यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरेको छ।