काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूसँग अन्तरक्रिया गर्नुभएको छ।
जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा हालै सकिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा जानकारी दिनका निम्ति अध्यक्ष ओलीले सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गर्नुभएको हो।
छलफलमा अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ। त्यसपछि उहाँले जवाफ दिने कार्यक्रम छ।
जेनजी पुस्ताको आन्दोलनपछि अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिनुभएको थियो।







प्रतिक्रिया