अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।

‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियारले भन्यो, ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ।’ मिश्रा स्वास्थ्य सचिवको आकांक्षी समेत हुनुन्थ्यो । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उहाँ बिदामा बस्नुभएको थियो।

जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उहाँ मन्त्रालय जान थाल्नुभएको थियो । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उहाँले राजीनामा दिनुभएको थियो।

स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘मिश्रामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो। त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले मिश्रामाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो।