अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासको बाटोमा अघि बढ्दै थियो, पछिल्लो राजनीतिक घटनाक्रमपछि भताभुङ्ग भएको छ: अध्यक्ष ओली

देश विकासको बाटोमा अघि बढ्दै थियो, पछिल्लो राजनीतिक घटनाक्रमपछि भताभुङ्ग भएको छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गति जेनजी आन्दोलनपछि कमजोर र अस्थिर बनेको बताउनु भएको छ। 

आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देश स्थायित्व र समृद्धिको दिशामा अघि बढिरहेको तर पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई भताभुङ्ग भएको दाबी गर्नुभयो ।

‘म देशमा समृद्धि ल्याउनुपर्छ, समानता ल्याउनुपर्छ, शान्ति र सुव्यवस्था विस्वस्त ढंगले कायम गरिनुपर्छ र सबैको जिउधनको सुरक्षा हुनुपर्छ भन्नेमा विश्वास राख्छु,’ ओलीले भन्नुभयो– ‘हरेक नागरिकले सम्मानजनक जीवन जिउन पाउनुपर्छ। म प्रधानमन्त्री हुँदा लेखेकै कारण कसैलाई त्रसित हुनपर्ने अवस्था थिएन, देश विकासको बाटोमा अघि बढ्दै थियो।’

अध्यक्ष ओलीले अहिलेको अवस्थाबारे टिप्पणी गर्दै भन्नुभयो– ‘त्यो बाटो भताभुङ्ग भएको छ, अस्थिरता र अनिश्चयताले देशलाई पछाडि धकेलेको छ।’

अध्यक्ष ओलीले मुलुकप्रति आफ्नो बफादारिता अटल रहेको उल्लेख गर्दै भन्नुभयो ‘कसैलाई मन परोस् वा नपरोस्, मेरो देशप्रतिको निष्ठा कहिल्यै कमजोर हुँदैन।’