अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पादकहरूसँग केपी ओलीले भन्नुभयो: ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु

सम्पादकहरूसँग केपी ओलीले भन्नुभयो: ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु


काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै जोखिम भएपनि सत्य बोल्ने आफ्नो बानी रहेको बताउनु भएको छ।

जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ अध्यक्ष ओली भन्नभयो ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिलेपनि त्यसैमा छु।’

जेनजीहरुले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग मात्रै राखेर आन्दोलनमा आएको अध्यक्ष ओलीले बताउनु भयाे ।

उहाँले जेनजीहरूले प्रधानमन्त्रीको राजीनामाको माग नै नराखेको बताउनुभयो। ‘जेनजीले उठाएका जम्मा तीन वटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ।’