अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन: केपी ओली

जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन: केपी ओली


काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताउनुभएको छ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘जेनजीका माग राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए। उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’

अध्यक्ष ओलीले आफूले कुनै अहंकार देखाएको नभई सत्य बोलेको बताउनुभयो। उहाँले सम्पादकहरूसँगको संवादमा बोल्दै आफूले कुनै दम्भ र अहंकार नदेखाएको बताउनुभयो।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए- भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

अध्यक्ष ओलीले ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए। ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’

पूर्व प्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पुनः दोहोर्‍याउनुभयो।