अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ: अध्यक्ष ओली

छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताउनुभएको छ।

आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताउनुभएको हो। अध्यक्ष ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताउनुभएको छ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’ अध्यक्ष ओलीले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताउनुभयो ।