काठमाडौं-जेनजी आन्दोलनका क्रममा प्रहरीको कपडा खोलेर कुटपिट गर्ने र हतियार लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई आज प्रहरीले पक्राउ गरेको हो ।
घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिनुभयाे।
२०८२ भदौ २४ गते प्रदर्शनकारीले प्रहरीको बर्दी खोलेर कुटपिट गरेका थिए । सो क्रममा केही प्रहरीले बर्दी नै खोलेर बागमतीमा हाम फालेका थिए ।
भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो।







प्रतिक्रिया