काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिका भागेका भनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आफ्नो जलेको घरमा सार्वजनिक हुनुभएकाे छ।
गृहमन्त्री अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आउनुभएकाे हाे।
खड्का अहिले आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरमा पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेका छन्।
केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै गृहमन्त्री अर्यालले साे दाबी गर्नुभएकाे थियाे। ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भन्नुभएकाे थियाे।
गृहमन्त्री अर्यालले एक अन्तरवार्तामा भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ ।’






प्रतिक्रिया