अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री दीपक खड्काको प्रश्न: ‘म देश छोडेर किन भाग्ने?’

पूर्वमन्त्री दीपक खड्काको प्रश्न: ‘म देश छोडेर किन भाग्ने?’


काठमाडौं-पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाउनुभएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले नै भागेको भनी दाबी गरेको भोलिपल्टै सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता खड्काले भाग्नुपर्ने कुनै कारण नभएको बताउनुभएको हो।

‘मलाई के थाहा छ भने म मात्र होइन, मेरो पार्टीका मान्छे कोही भाग्दैन। अरूको त भन्न सक्दिनँ, तर सरकारमा बस्ने मान्छेहरू कोही पनि भाग्दैन। भाग्नुपर्ने कुनै कारण छैन’, उहाँले भन्नभयाव, ‘मैले भनिहालेँ- आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गरेको छ- छानबिनका लागि। भाग्नु केलाई पर्‍यो?’

पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उहाँले त्यस घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोप समेत लगाउनुभयो ।

‘यो सबै अचम्म लाग्दो र दुखदायी कुरा हो,’ उहाँले भन्नुभयो, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ।’ खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गर्नुभयो।