काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि सातदोबाटोमा दुर्व्यवहार भएको छ।
सोमबार आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीमाथि दुर्व्यवहार भएको बताइएको छ। आफूलाई जेनजी बताउने अपरिचित युवकले अधिकारीमाथि दुर्व्यवहार गरेका हुन् ।
अधिकारीले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया