अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झिलिमिली तिहार (तस्बिरहरू)

झिलिमिली तिहार (तस्बिरहरू)


काठमाडाैँ-हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। यस वर्षको काठमाडौं मुख्‍य चोकहरूतथा चक्रपथका चोकहरू झकिझकाउले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ।

तिहारभरी काठमाडौंका घरहरू झिलिमिली देखिनेछन्। झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनि बढ्दै गएको देखिन्छ । हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल हुन थालेको छ।

तिहारलाई  विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ।