अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट

लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट


काठमाडौं – लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६ः५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।

यसरी आन्तरिक खपत र निर्यात दुवै गरी कुल २,६६५ मेगावाट विद्युत्‌को माग पुगेको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन घरघरमा दीप प्रज्वलन, बिजुली बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष बढोत्तरी हुने गर्छ । यस वर्ष माग बढे पनि प्रणाली सन्तुलन कायम गर्न प्राधिकरणले सफलतापूर्वक आपूर्ति व्यवस्थापन गरेको जनाएको छ । प्राधिकरणले २०७३ सालदेखि लक्ष्मीपूजाको दिन निरन्तर रूपमा बत्ती व्यवस्थापन गर्दै आइरहेको छ