अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा निर्वाचनका बिषयमा दलका नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्रीद्वारा निर्वाचनका बिषयमा दलका नेताहरुसँग छलफल गर्दै


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाउनुभएको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेख्नु भएको छ । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाउनु भएको हो । ।