अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च मनोबलका साथ पार्टीकाममा लाग्न नेता दाहालको आग्रह

उच्च मनोबलका साथ पार्टीकाममा लाग्न नेता दाहालको आग्रह


झापा-नेकपा एमालेका पोलित्ब्युरो सदस्य देवेन्द्र दहालले उच्च मनोबलका साथ पार्टीकाममा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ।
मंगलवार झापाको विर्तामोड स्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन पछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने पनि बताउनु भयो ।


अहिलेको सरकार असम्बैधानिक रहेको दाबी गर्दै उहाले जनताको बीचमा गएर सृजना गरिएका भ्रमहरु चिर्न जरुरी रहेको उहाँको भनाइ थियो।
निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहनु भएका दाहालले आफुले उक्त मन्त्रालयको कार्यक्षेत्रमा सुधारको काम शुरु गरेको पनि बताउनु भयो ।

हिंसा र अपराधलाई संरक्षन गर्ने काॠ अहिलेको सरकारले गर्न सक्ने भन्दै उहाले त्यस्ता कार्य मा सम्लग्नलाई कार्बाही गर्न जरुरी रहेकोमा जोड दिनु भयो ।


सो भेट्मा एमाले झापा अध्यक्ष प्रेम गिरीले भाद्र २३ र २४ को आग्जनी र तोडफोडमा एमालेलाई मुख्य निशाना बनाइएको बताउनु भयो । सो क्रममा जिल्लाभर भएको क्षतिका बारेमा उहाले जानकारी गराउनु भएको थियो ।
अवलोकनका क्रममा एमालेका नेता-कार्यकर्ताको सहभागिता रहेको थियो ।